लियो क्लब अफ आँबुखैरेनीले हालसम्म गरेका गतिविधीहरुः Activities done by Leo Club of Aanboo Khaireni

Monday, December 7, 2009

पतंजली योग साधना शिविर






लियो डे को अवसर पारेर लायन्स तथा लियो क्लब अफ आँबुखैरेनीले आँबुखैरेनी स्थित मस्र्याङ्गदी बाल ज्योती आवाशीय विद्यालयमा १ हप्ते पतंजली योग साधना शिविरको आयोजना गरेको छ । पतंजली योग समिति तनहूँको सहयोगमा सो आयोजना गरिएको हो । सो शिविरको लागि ४ जना योग शिक्षकहरुद्वारा हरेक दिन विहान ५ बजेदेखी ७ बजेसम्म प्रशिक्षण दिइएको छ । उक्त शिविर डिसेम्बर ५ देखी डिसेम्बर ११ सम्म चल्नेछ ।

Tuesday, November 17, 2009

पदस्थापन कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ आँबुखैरेनी लियो क्लब अफ आँबुखैरेनी र लायन्स क्लब अफ डुम्रे विमलनगरको गत सोमबार विमलनगरमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । लायन्स जिल्ला परिषद ३२५ वि नेपालका डिस्ट्रिक्ट गभर्नर लायन अरुण प्रताप राणा एम।जे।एफ। प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा वर्ष २००८÷०९ को कार्यकाल पूरा गरेका लायन्स क्लब अफ आँबुखैरेनीका अध्यक्ष लायन हरिभक्त श्रेष्ठले वर्ष ०९÷१० का अध्यक्ष लायन ऋषि केसीलाई पद हस्तान्तरण गर्नुभएको थियो भने सोहि वर्षका डुम्रे विमलनगरका अध्यक्ष लायन गोविन्द अधिकारीले लायन ऋषिराम अधिकारीलाई अध्यक्ष पदको हस्तान्तरण गरिएको थियो । यसै गरि लियो क्लब अफ आँबुखैरेनीको पनि सोहि अवसर पारेर पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । लियो उज्ववल श्रेष्ठले वर्ष २००९÷१० अध्यक्षका अध्यक्ष लियो प्रेम कुमार श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो । साथै कार्यक्रममा लियो क्लब अफ आँबुखैरेनी द्वारा प्रकासित लियो दर्पण समेत वितरण गरिएको थियो । सोही दिनको अवसर पारेर लायन्स क्लब अफ डुम्रे विमलनगरले निर्माण गरेको शिद्ध गुफा प्रवेशद्धारको पनि कार्यक्रमका प्रमुख अतिथीबाट उद्घाटन गरिएको थियो ।

Friday, September 25, 2009

मैत्रीपूर्ण फुटवल तथा पिकनिक कार्यक्रम सम्पन्न

२५ सेप्टेम्बर, विजया दशमीको पावन अवसर पारेर लियो क्लब अफ आँबुखैरेनीले गोरखकाली खेल मैदान फुटवल तथा पिकनिक कार्यक्रमको आयोजना गर्यो ।२५ वर्ष भन्दा माथि र २५ वर्षभन्दा तलको उमेर समूह बनाई २०-२० मिनेटको लागि खेलिएको फुटवल प्रतियोगितामा खेलको ५ औं मिनेटमा लियो चिज कुमार श्रेष्ठले पहिलो गोल गर्दै २५ वषभन्दा कम उमेर समूहलाई अग्रता दिलायो त्यसैगरि लियो अनुषा श्रेष्ठले खेलको १० औं मिनेटमा गोल गर्दै २-० को अग्रता लियो । मध्यान्तरपछि खेलको मोड बदलियो र २५, ३०, ३२, ३६ मिनेटमा लियो श्याम केसीद्वारा ४ गोल गर्दै २५ वर्षमाथिको लियो तथा लायन्स ४-२ को अग्रताले विजयी भयो ।खेल पश्चात सम्पूर्ण लायन्स र लियोको संयुक्त पिकनिक कार्यक्रमको आयोजना गरियो उक्त कार्यक्रम रातको १० बजेसम्म चलेको थियो ।

Monday, August 24, 2009

तीज पर्वको अवसरमा विभिन्न कार्यक्रमहरुः

भदौ ७ (अगष्ट २३) आइतवार,
लियो क्लब अफ आँबुखैरेनीले हरितालिका तीज पर्वको अवसर पारेर आँबुखैरेनी स्थित शिवालय मन्दिर परिसरमा विविन्न कार्यक्रमहरुको आयोजना गर्यो । उक्त दिन आँबुखैरेनी सांस्कृतिक संम्रक्षण मचले तीज गित प्रतियोगिता पनि सोही स्थानमा गरेको थियो । हरेक वर्ष गरिने सो प्रतियोगितामा दर्शकहरुको उल्लेख्य सहभागिता थियो । लियो क्लब अफ आँबुखैरेनीले छुट्टै स्टल बनाई निःशुल्क खाने पानी, सुपथ मुल्यमा चिसो पेय पदार्थ र खाजाको विक्री वितरण पनि गरेको थियो ।

सुपथ मुल्यमा खाजाहरुः

सुपथ मुल्यमा चिसो पेय पदार्थ

लियो सामान्य ज्ञान प्रतियोगिताः
तीज गित प्रतियोगितामा स्वयं सेवकः

निःशुल्क पिउने पानीः