हामी हाम्रो प्यारो राष्ट्रिय ध्वाजालाई अभिवादन गर्दै यसप्रति आफ्नो दृढ विश्वास व्यक्त गर्दछौं । यसको महिमा र सम्मान हामी प्रत्येक सच्चा नागरिकले आफ्नो कर्तव्य अत्यन्त उत्साह र लगनसँग पूरा गर्नमा निर्भर गर्दछ । यसको सुनौलो अक्षरले लेखेको इतिहासले नै हामीलाई स्वदेशको मर्यादाको निमित्त काम गर्ने प्रेरणा प्रदान गर्दछ । हामी आफ्नो राष्ट्रिय ध्वजाप्रति अटुट श्रद्धाको घोषणा गर्दछौं र हामी यो विश्वास गर्दछौं कि यसको मार्ग नै हाम्रो मार्ग हुनेछ तथा हामीमध्ये प्रत्येक यसको शोभा बढाउन तथा अन्तराष्ट्रिय समुदायमा यसलाई गैरवका साथ फरफराउँदै रहन दिन साँचो प्रयास गर्नेछौं ।
No comments:
Post a Comment