लियो क्लब अफ आँबुखैरेनीले हालसम्म गरेका गतिविधीहरुः Activities done by Leo Club of Aanboo Khaireni

Monday, August 24, 2009

तीज पर्वको अवसरमा विभिन्न कार्यक्रमहरुः

भदौ ७ (अगष्ट २३) आइतवार,
लियो क्लब अफ आँबुखैरेनीले हरितालिका तीज पर्वको अवसर पारेर आँबुखैरेनी स्थित शिवालय मन्दिर परिसरमा विविन्न कार्यक्रमहरुको आयोजना गर्यो । उक्त दिन आँबुखैरेनी सांस्कृतिक संम्रक्षण मचले तीज गित प्रतियोगिता पनि सोही स्थानमा गरेको थियो । हरेक वर्ष गरिने सो प्रतियोगितामा दर्शकहरुको उल्लेख्य सहभागिता थियो । लियो क्लब अफ आँबुखैरेनीले छुट्टै स्टल बनाई निःशुल्क खाने पानी, सुपथ मुल्यमा चिसो पेय पदार्थ र खाजाको विक्री वितरण पनि गरेको थियो ।

सुपथ मुल्यमा खाजाहरुः

सुपथ मुल्यमा चिसो पेय पदार्थ

लियो सामान्य ज्ञान प्रतियोगिताः
तीज गित प्रतियोगितामा स्वयं सेवकः

निःशुल्क पिउने पानीः

Monday, August 17, 2009

प्रथम जिल्ला परिषद बैठकमा सहभागिताः

साउन ३१ शनिवार अगष्ट १५ लियो जिल्ला परिषद ३२५ वि नेपालको प्रथम जिल्ला परिषद बैठक बेगम इन्डियन रेष्टुरेष्ट टंगाल काठमाण्डौमा शनिवार सम्पन्न भयो । लियो जिल्ला परिषदका ३२५ वि, नेपालका अध्यक्ष शेखर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला परिषदको भावि योजना कार्यनिती र बजेटको वारेमा छलफल भयो साथै प्रथम पदस्थापन तथा काउ_िन्सल मिटिङ्ग भाद्र १९ र २० गते लियो क्लब अफ गोरखाको आतिथ्यमा गोरखामा हुने निर्णय भयो । उक्त बैठकमा यस क्लबका सह-सचिव तथा लियो जिल्ला परिषद ३२५ वि का लियो ट्रेनिङ्ग पुलका सदस्य लियो चिज कुमार श्रेष्ठको सहभागिता भयो ।

Friday, August 14, 2009

विविध कार्यक्रमको आयोजनाः

साउन २९ अगष्ट १३ गतेका दिन श्री कृष्ण जन्माष्टमी पर्वको सुअवसरमा लियो क्लब अफ आँबुखैरेनीले विविध कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा लियो राफल चिठ्ठा, हुक, हिट एन विन जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु थिए । जात्राको सुअवसर पारेर गरिएको उक्त कार्यक्रममा निकै ठूलो भिडभाड थियो । उक्त कार्यक्रममा रु २२३६५ को कारोवार भएको थियो । लियो क्लबले क्लबको फन्ड राइज गर्नका लागि उक्त कार्यक्रम गरेको थियो ।

Sunday, August 2, 2009

नयाँ सदस्यहरुलाई सदस्यता

यस क्लबमा १० जना नयाँ सदस्यहरुको प्रवेश भएको छ । उहाँहरुको आवेदनलाई गत जुलाई ३१ गते बसेको बोर्ड बैठकले सदर पनि गरिसकेको छ ।
नयाँ सदस्यहरुको नामावली:

१ लियो अनुषा श्रेष्ठ
२ लियो रचना श्रेष्ठ
३ लियो वर्षा केसी
४ लियो अन्जु गुरुङ्ग
५ लियो विष्णु गुरुङ्ग
६ लियो विनु श्रेष्ठ
७ लियो काजी थापा
८ लियो सुदिप वाग्ले
९ लियो बाबुराम श्रेष्ठ
१० लियो नारायण तिमिल्सना

PST Details:

President: Leo Prem Kumar Shrestha
Address: Gorkha Road, Aanboo Khaireni, Tanahun.
Occupation: Instructor/ Proprietor
Organization: NCS Computer & Education Consultancy Pvt. Ltd.
Aanboo Branch.
Contact No. 065-540391, 9846029285, 9804182007.
Email ID. myprems@yahoo.com

Secretary: Leo Prakash Shrestha
Address: Gorkha Road, Aanboo Khaireni, Tanahun.
Occupation: Business
Organization: Good Morning Shopping Center
Contact No. 065-540168, 9846024511, 9804182028.
Email ID. smile_prakash168@yahoo.com

Treasurer: Leo Bishnu Shrestha
Address: Gorkha Road, Aanboo Khaireni, Tanahun.
Occupation: Teacher.
Organization: Shree Bal Sikshya Sadan English Boarding School.
Contact No. 065-540093, 9846081471, 9804167347 Email ID. bishnu_intelligence@yahoo.com

एम्बुलेन्स सेवाः



लायन्स तथा लियो क्लब अफ आँबुखैरेनीले संचालन गरेको एम्बुलेन्स सेवामा जुलाई महिनाको विरामी विवरणः
तारिख विरामीको नाम लगिएको स्थानः
७ विजय कार्की भरतपुर
९ भगवती श्रेष्ठ भरतपुर
११ सविना कोइराला भरतपुर
१५ संगिता विक काठमाण्डौ
१८ सकुन्तला थापा काठमाण्डौ
२० सुर्यकला श्रेष्ठ भरतपुर
२२ चन्द्रिका परियार भरतपुर
२७ मनोज कार्की पोखरा

पि.एस.टि. तालिममा सहभागिताः


मिति २०६६ श्रावण ३ गते शनिवार लियो क्लब अफ पोखराद्वारा आयोजित पि।एस।टि। स्कुलिङ्गमा यस क्लबको तर्फबाट अध्यक्ष लियो प्रेमकुमार श्रेष्ठ र सचिव लियो प्रकाश श्रेष्ठको सहभागिता भयो ।

पानी ट्याङ्की प्रदान:


मिति २०६६ श्रावण १ गते श्री शिद्धि गणेश आमा समुहले निर्माण गरेको सार्वजनिक शौचालयलाई लियो क्लब अफ आँबुखैरेनीले करिव रु ४७५०।०० पर्ने ५०० लिटरको पानी ट्याङ्की उपलब्ध गराएको छ । उक्त शौचालय आँबुखैरेनीको बसपार्कमा अवस्थित छ