लियो क्लब अफ आँबुखैरेनीले हालसम्म गरेका गतिविधीहरुः Activities done by Leo Club of Aanboo Khaireni

Monday, August 17, 2009

प्रथम जिल्ला परिषद बैठकमा सहभागिताः

साउन ३१ शनिवार अगष्ट १५ लियो जिल्ला परिषद ३२५ वि नेपालको प्रथम जिल्ला परिषद बैठक बेगम इन्डियन रेष्टुरेष्ट टंगाल काठमाण्डौमा शनिवार सम्पन्न भयो । लियो जिल्ला परिषदका ३२५ वि, नेपालका अध्यक्ष शेखर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला परिषदको भावि योजना कार्यनिती र बजेटको वारेमा छलफल भयो साथै प्रथम पदस्थापन तथा काउ_िन्सल मिटिङ्ग भाद्र १९ र २० गते लियो क्लब अफ गोरखाको आतिथ्यमा गोरखामा हुने निर्णय भयो । उक्त बैठकमा यस क्लबका सह-सचिव तथा लियो जिल्ला परिषद ३२५ वि का लियो ट्रेनिङ्ग पुलका सदस्य लियो चिज कुमार श्रेष्ठको सहभागिता भयो ।

No comments:

Post a Comment